विजयपुरदेखि बैदामक्षेत्रसम्म आज ३ घण्टा लाइन नआउने
भोलि न्यूरोड र रामबजार क्षेत्रमा लाइन नआउने
पाेखरा | असोज २१, २०८१
पाेखराका विभिन्न ठाउँमा आज र भोलि अर्थात् सोमबार र मंगलबार दिउँसो १ देखि ४ बजेसम्म लाइन नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।
पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार कार्यको लागि सो सब स्टेसन रहेको पावर ट्रान्सफर्मर बन्द गरी कार्य गर्नु पर्ने भएकाले ती ठाउँहरुमा लाइन नआउने भएकाे हाे ।
केन्द्रले जारी गरेकाे सूचनाअनुसार आज सोमबार अन्तर्राष्ट्रिय विमानस्थल, विजयपुर, सिटी एरिया, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, पोखरा औद्योगिक क्षेत्र, पुरानो विमानस्थल, फेवा फिड र वैदाम क्षेत्रमा दिउँसो १ देखि दिउँसो ४ बजेसम्म लाइन आउने छैन ।
यसैगरी भोलि (मंगलबार) सेती इन्कमर, फेवा इन्कमर, आर्वा, सराङकोट, सहिदचोक, न्युरोड र रामबजार क्षेत्रमा लाइन नआउने बताएकाे छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

